सुनसरीको निषेधाज्ञामा कडाइ : सेना फिल्डमा
  • SNN Nepal

  • सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना उतारेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सपोर्टमा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

    प्रजिअ ढकालले कोभिड –१९ का सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेसँगै थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन हुने छन् । प्रजिअ ढकालका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास अग्र भागमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा खटिएका छन् । सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य संलग्न हुनेछन् ।

    स्थानीय प्रशासनले जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन रोक लगाइएको छ । त्यसैगरी मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।

    पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको छ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images