पत्रकार महासंघ गुल्मीले गर्यो अस्पताललाई अक्सिजन हस्तान्तरण
  • गोकर्ण पाण्डे

  • गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो ।

    लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताए । उनले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवादसमेत दिए । हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताए ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images