गोकर्ण बिष्टको खुलासा : एमालेभित्रको विवाद अन्त्य भइसकेको छ
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण बिष्टले पार्टीभित्र देखिएको बिवाद लगभग अन्त्य भएको बताउनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसहित शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको चार घण्टा लामो छलफलले एमालेभित्रको बिवादलाई लगभग अन्त्य गरेको नेता बिष्टले बताउनु भएको हो ।

    तात्कालिन एमालेका सचिवसमेत रहनुभएका पूर्वमन्त्री बिष्ट शुक्रवारको शीर्ष बार्तामा सहभागी हुनुहुन्थ्यो । शुक्रवार साँझको बार्ता निकै फलदायी बनेको उहाँको निश्कर्ष छ । ‘आज कार्यदल बनाएर विवादको अन्त्य हुन्छ, सम्झनुस, अव एमालेभित्रको विवाद लगभग अन्त्य भइसकेको छ,’ बिष्टले भन्नुभयो । उहाँका अनुसार आजै कार्यदल बनाएर त्यसमार्फत विवादको सामाधान गरिने छ । ‘शुक्रबार पार्टीभित्र बृहत छलफल भयो, यसले एक खालको सकारात्मक उर्जा दिएको छ,’ बिष्टले भन्नुभयो ।

    यद्यपि कार्यदल कति जनाको र कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको नेता विष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार २०७५ जेठ २ को एमालेमा फर्कन नसके पनि आसपासमा पुुग्नेगरी छलफल भइरहेको छ । ‘पार्टीभित्र रहेका विमतीका विषयलाई अन्त्य गर्न जेठ २ मा फर्कने सहमती भएको छ, अब केही मसिना कुराहरु छन, त्यसमा दुवै पक्षले लचकता देखाएर जानुपर्छ भन्ने कुरा भएको छ,’ विष्टले भन्नुभयो ।

    पार्टीभित्रको विवाद समाधानको विषयमा छलफल गर्न शुक्रबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, रामबहादुर थापा, बादल, बिष्णु पौडेलसहित एक दर्जन नेताहरु छलफलमा बस्नु भएको थियो । छलफलले कार्यदल बनाउने जिम्मेवारी पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई दिएको छ । शुक्रवारको बैठकमा निकै सौहार्दपुर्ण र मिलनबिन्दु खोज्ने गरी छलफल भएको बिष्टको भनाई छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images