घरको छतबाट लडेर महिलाको मृत्यु
  • SNN Nepal

  • सर्लाही । सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो ।

    छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगन्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images