कार्यदल सदस्य टुंग्याउन ओेली र नेपाल छलफल गर्दै
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ ।

    गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।

    यद्यपि दुई नेताबीचको भेटवार्ताको समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images