यस्तो छ आजको विदेशी विनिमयदर
  • SNN Nepal

  • काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

    त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

    स्वीस फ्रेन्स एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ ।

    त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।

    यता, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images