इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी
  • SNN Nepal

  • एजेन्सी । अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

    द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ ।

    शनिबार इजराइलले गाजास्थित एक भवनलाई हवाई हमलामा ध्वस्त पारिदिएको थियो जसमा यी दुई मिडिया संस्थाको कार्यालय अवस्थित थिए ।

    समाचार एजेन्सी द असोसिएटेड प्रेसले शनिबार उनले इजराइली सेनालाई थुप्रै फोन गरेर यो हमला रोक्न अपिल गरेता पनि इजराइली सेनाले नसुनेको बताएको छ ।

    एपीले आफ्नो बयानमा भनेको छ, ‘हामीले इजराइली सेनासँग भवनमा हमास भएको प्रमाण दिन भनेका थियौं तर उनीहरुले दिएनन् । एपीको ब्यूरो यो भवनमा पछिल्लो १५ वर्षदेखि थियो । हामीले अहिलेसम्म कुनै संकेत पाएका छैनौं कि यो भवनमा हमासको उपस्थिति छ । यो निकै नै भयावह स्थिति हो । गाजामा जे जति भइरहेको छ अब संसारले निकै कम थाहा पाउनेछ तर हाम्रो कार्यालय ध्वस्त पारिएको छ ।’

     

    अमेरिकी समाचार एजेन्सीले आफ्नो रिपोर्टमा लेखेका छ, ‘शनिबार जतिबेला इजराइलले हमलाको सूचना दियो, त्यतिबेला हाम्रा १२ पत्रकार गाजा ब्यूरोमा काम गरिरहेका थिए । इजराइली सेनाले भवन खाली गर्न एक घण्टाको समय दिएको थियो । यद्यपि, सौभाग्यले हाम्रा सबै पत्रकारले आफूलाई आवश्यक पर्ने थोरै सामानलाई अफिसबाट निकाल्न सफल भए । त्यसको केही समयपछि इजराइलका तीन मिसाइल त्यो १२ तले भवनसँग ठोक्कियो र हेर्दा हेर्दा त्यो धुँवाको मुस्लोमा परिणत भयो ।’

    प्रेसको स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले इजराइलको यो हमलाको निन्दा गरेको छ ।

    यी संस्थाले इजराइली सेनाले आफूहरुले गरिरहेको युद्ध अपराधबारे संसारलाई थाहा नहोस् भन्नका लागि मिडियाको कामलाई सेन्सर गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images