प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने एकजना पक्राउ
  • SNN Nepal

  • कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवा पक्राउ परेका छन् ।

    बेलडाँडी गाउँपालिका- ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।

    प्रहरीका अनुसार उनीसँग सुदूर खबरको परिचय(पत्र समेत फेला परेको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images