उपत्यकामा थपिए २ हजार ६०९ कोरोना संक्रमित
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना थपिएको जानकारी दिएका हुन् ।

    २४ घण्टामा देशभर ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यसैगरी सोही अवधिमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images