प्रतिलिटर २ रुपैयाँ बढ्यो इन्धनको मूल्य
  • SNN Nepal

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि भएको हो ।

    नयाँ मूल्य आइतबार राति १२ बजेपछि लागू हुने छ । नयाँ मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

    आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images