१२ वर्षीया बालिका करणी गरेको आरोपमा पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५२ वर्षीय भीमबहादुर बन रहेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार १२ वर्षीय बालिकालाई टहरामा लगि बलात्कार गरेको भन्ने सूचनाका आधरमा बनलाई पक्राउ गरिएको हो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images