यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ
  • SNN Nepal

  • जनकपुरधाम । यात्रु ओसारेको आरोपमा जनकपुर प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

    निषेधाज्ञामा अन्य सवारीसाधन बन्द हुँदा एम्बुलेन्सले नै यात्रु ओसार्ने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

    ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार पुल्चोकबाट विराटनगर जाँदै गरेको ज १ च १६२५ नम्बरको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो । ती चालकले यात्रुसँग १६ हजार ५ सय रूपियाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images