एक्लै सुत्न डराउछन् टाइगर !
  • SNN Nepal

  • मुम्बई । बलिउडका सबैभन्दा शक्तिवान अभिनेताका रुपमा टाइगर श्राफलाई लिने गरिएको छ । उनलाई हरेक वर्गका मानिसले मनपराउछन् । चाहे त्यो बालबालिका हुन् अथवा वृद्धवृद्धा नै किन नहुन् ।

    तर रोचक कुरा के छ भने यी अभिनेता एक्लै सुत्न डराउछन् । एबीपी लाइभका अनुसार ३१ वर्षका टाइगरले हालै एक अन्तरवार्तामा आफू एक्लै सुत्न डराउने कारणबारे मुख खोलेका छन् ।

    ‘मैले एक हरर फिल्म हेरेको थिएँ, त्यो हेरेपछि मलाई यति डर लाग्यो कि त्यसपछि म कहिल्यै पनि एक्लै सुत्न सकिनँ । म जब घर बाहिर हुन्छु या कुनै यात्रामा निस्कन्छु, त्यो बेला एक टिम सदस्यलाई कोठामा लैजान्छु । घरमा रहेको बेला आमाको कोठामा सुत्छु’, उनले खुलासा गरेका छन् ।

    यी अभिनेता चाँडै नै ‘गणपत’मा कृति सेननका साथ देखिँदैछन् । यो जोडीलाई यसअघि फिल्म ‘हीरोपंती’मा दर्शकले मनपराइसकेका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images