जोखिम मोल्न तयार छु तर भोको पेटको रोदन सहन सक्दिन: महासचिव शाह
  • थानेश्वर अधिकारी

  • कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपत व्यवस्थापन समितिका संयोजक बिक्रम जंग शाहले बरु आफु जोखिम मोल्न तयार रहेको तर भोको पेटको रोदन र चित्कार सहन नसक्ने बताएका छन् । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन ९निशेधाज्ञा०का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

    यस्तो जोखिमका बेला पनी सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघले बिगत ८ दिन देखी निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेको छ ।

    No description available.

    सहयोग तथा राहत बितरणका क्रममा शनिवार ठमेल एरियामा रहेका रोल्पा, रुकुम, जाजरकोट, नेपालगंज, मध्यपश्चिम, तथा सुदुर पश्चिमका करिव ३० जना विपन्न परिवार र नुवाकोटका संगीतकर्मी संघ सँग आवद्ध कलाकारलाई खाद्यान्न लगायका सामाग्री बितरण गरिएको महासचिव शाहले बताएका छन् ।

    No description available. यसैगरी हनुमान ढोका परिषरमा दैनिक भारी बोकी ज्याला मजदुरी गर्ने तथा कोठा भाडा तिर्न नसकेर निकालिएका करिव ४०० जनालाई दाल चामल नुन तेल लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको महासचिव शाहले बताए ।

    आज जोरपाटी अपांग हस्पिटलमा रहेका अपांगता भएका व्यक्ति तथा कलाकार गरी ३० जनालाई दाल चामल, नुन ,तेल माक्स लगायका मेडिकलका सामाग्री बितरण गरिएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा अभियान्ता अमृत लामाले बताए ।

    No description available.

    राहत तथा सहयोग अभियानकै क्रममा कपनमा भएको केयर बालगृहकी संचालिका पुष्पा अधिकारीको समन्वयमा दुधे, अनाथ बालबालिका तथा दुर्गम क्षेत्रका नाबालक गरी १५ जना बालबालिकालाई खाद्यान्न तथा मेडिकल सामाग्री बितरण गरिएको छ भने बालाजुको पुल मुनी रहेको मन्दिरमा ५०० जनालाई खाना खुवाईको अभियान्ता लामाले बताएका छन् ।

    No description available.

    यसै गरी काठमाण्डौंका बिभिन्न ठाउँमा रहेका रात्री कालिन दोहोरीमा काम गर्ने कलाकारहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । यस्तो महामारीको अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न शाहले अनुरोध समेत गरेका छन्

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images