मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका संवाहकको रूपमा स्मरण गरेका छन् ।

    २८औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् ।

    भण्डारीका तिनै अडान र मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको ओलीले उल्लेख गरेका छन्।

    भण्डारीलाई ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरको रूपमा समेत चित्रित गरेका छन् ।

    ‘मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो।’

    भण्डारीले प्रतिबादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको ओलीले बताएका छन् ।

    ‘जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ,’ ओलीले वक्तव्यमार्फत भनेका छन् ।

    हेर्नहोस् ओलीले जारी गरेको वक्तव्य :

     

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images