एनआरएनको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान जोगाऔं’ अभियान
  • SNN Nepal

  • बहराइन । “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” भन्ने नारासहित गैर आवासीय नेपाली संघ(एनआरएनए), मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् ।

    कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए अध्यक्षलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरुले जानकारी दिए ।

    यस अभियानका संयोजक आरके शर्माले दिएको जानकारी अनुसार कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार तथा साउदी अरबबाट १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

    आइतबार साँझसम्म १ करोड ११ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भैसकेको संयोजक शर्माले बताए । खाडीमा कार्यरत नेपाली श्रमिकहरुको मन ठूलो रहेको भन्दै सहयोग जुट्ने क्रम जारी रहेको ती देशमा रहेका एनआरएनए अध्यक्षहरुले जानकारी दिए ।

    पहिलो चरणमा ७५ लाख बराबरको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएर सरकारलाई हस्तान्रण गरिसकिएको जनाउँदै थप भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि पठाउने बारे छलफल भैरहेको उनले बताए ।

    उनका अनुसार १५ सय अक्सिमिटर समेत चीनबाट ल्याएर सातै प्रदेशमा पठाउने योजना रहेको छ । यस्तै एक अर्को प्रसङमा उनले हवाई उडान लम्बिदै गए मध्यपूर्वबाट स्वदेश फर्किने नेपालीहरुलाई समस्या पर्ने भन्दै उद्धार उडान गरेर भए पनि फर्किने बातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images