जबज नेपालको लागि विकसित मार्क्सवादः नेता भट्टराई
  • SNN Nepal

  • काठमाडौँ  । नेकपा एमालेका नेता योगेश भट्टराईले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवाद नेपाली भूमीको लागि विकसित मार्क्सवाद भएको बताउनुभएको छ ।

    मदन भण्डारी र जिवराज आश्रितको आज २८औं स्मृति दिवसको अवसरमा उहाँल नेपालमा शान्तिपूर्ण र वैधानिक बोटोबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण गर्ने सिद्धान्त नै जबज भएको स्पष्ट पार्नुभयो । राज्य, समाज र पार्टीको लोकतान्त्रिकरणको कार्यक्रम जनताको बहुदलीय जनबाद जो आज अझ ज्यादा प्राशंगीक हुन पुगेको उहाँले बताउनुभयो ।

    उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मदनर आश्रित स्‍मृति दिवस । राज्य, समाज र पार्टीको लोकतान्त्रिकरणको कार्यक्रम जनताको बहुदलीय जनबाद जो आज अझ ज्यादा प्राशंगीक हुन पुगेको छ । शान्तिपूर्ण र बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद जो नेपाली धर्तीमा बिकसित भएको मार्क्सबाद हो । त्यो बैचारिक धारलाई स्थापित गर्ने कमरेड मदन भण्डारी र वहाँका सहयोद्धा कमरेड जीवराज आश्रितको २८ औ स्‍मृति दिवस आज जेठ ३ गते । आजसम्मका क्रान्तिका उपलब्धीहरुलाई सुद्रिढ र संस्थागत गर्दै समाजवादको बाटोमा अघि बढ्नु जबजको आजको कार्यदिशा बन्न पुगेको छ । जननेता कमरेड मदन भण्डारी र कुसल संगठक कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धा सुमन ।’

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images