युवा व्यवसायी गैरेद्धारा आइसोलेसनका लागी अक्सिजन सिलिण्डर हस्तान्तरण
  • SNN Nepal

  • कपिलवस्तु । युवा व्यवसायी कृष्ण गैरेद्धारा सिद्धार्थ क्याम्पस बुङ्चीमा रहेको आइसोलेसन केन्द्रका लागी एक थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।

    अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएपछी आइसोलेसनमा रहेका बिरामीहरुमा अक्सिजनको कमी भैरहेको अवस्थामा युवा व्यवसायी गैरेले सो गरेको बताएका छन् । बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारु मार्फत सो अक्सिजन सिलिण्डर आइसोलेसन केन्द्रमा पठाइएको छ ।

    बाणगंगा नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी कोभिड नियन्त्रणका लागी नगरपालिकाले आफ्नो अगुवाईमा बिभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग र समन्वय गर्न आग्रह समेत गरेको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images