नेपालमा देखिन थाल्यो चक्रवातको प्रभाव
  • SNN Nepal

  • काठमाडौं । भारतको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सोमबारबाट देखिन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा देखिन थालेको हो ।

    मौसमविद मीनकुमार अर्यालले आफूहरुले सोमबार दिउँसो वा साँझबाट असर देखिएला भन्ने अनुमान गरे पनि बिहानैबाट उपत्यकामा आंशिक प्रभाव पारिसकेको बताए ।

    ‘चक्रवातका कारण देशको पश्चिमी आकाशमाथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ’, उनले भने ।

    भारतमा यसको असर तिब्र देखिन थालेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अन्य स्थानमा सार्ने काम भइरहेको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images