शिवराजमा कोरोना संक्रमित ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरु लाई विषेश योजना
  •  कमल बिष्ट

  • कपिलवस्तु ।  कोरोना कहरका बिच विभिन्न योजनाहरु तय गर्दै शुरूवाति चरण बाटै संक्रमित नागरिकलाई घरघरमै सेवा पुर्‍याइरहेको शिवराज नगरपालिका १ नम्बर वडा र शिवपुर स्वास्थ्य चौकीले कोभिड १९ संक्रमित ज्येष्ठ नागरिक, बालबालिका र सुनौलो हजार दिनका आमा (गर्भवती) हरुको स्वास्थ्य सुरक्षाका लागि थप निगरानी सहित स्वास्थ्य परामर्श पोषिलो खाना बितरण कार्यको थालनी गरेको छ ।

    शिवराज १ का कोरोना संक्रमित मध्य गर्भवती महिलाहरु लक्षित थप स्वास्थ्य स्याहार, परामर्श र पोषिलो खानाका रुपमा एक क्यारेट अण्डा, ३० चक्की क्याल्सियम, १ केजी आयोडिनयुक्त नुन, ५०० ग्राम च्यावनप्रास र आवश्यक सुरक्षाका स्वास्थ्य किट प्रदान गरिएको हो ।No description available.

    शिवपुर स्वास्थ्य चौकीको अगुवाइमा शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष जगतबहादुर जी.सी., कार्यपालिका सदस्य लक्ष्मी हमाल, शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेल संक्रमितहरुकै घरमा पुगी पोषिलो खानेकुरा लगायत अन्य समाग्री बितरण गर्नुका साथै स्वास्थ्य परामर्श प्रदान गर्नुभएको हो ।No description available.

    शिवराज नगरपालिका १ नम्बर वडामा हाल २ जना गर्भवती , ४ जना ज्येष्ठ नागरिक, १५ वर्ष मुनिका ४ जना र २ वर्ष मुनिका १ जना कोरोना संक्रमित रहेका छन् , साथै अन्य होम आइसोलेशमा रहेका संक्रमित लाई समेत नियमित भेटघाट गरी स्वास्थ्य परामर्श प्रदान गर्नुभएको हो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images