कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस
  • SNN Nepal

  • कैलाली । कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो ।

    थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले एस एन एन नेपाललाई जानकारी दिए । यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images