गुल्मीमा निषेधाज्ञा जेठ १५ गते सम्म लम्ब्याइयो
  • गोकर्ण पाण्डे

  • गुल्मी । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ १५ गते रातीसम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएको छ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्न पाइने छ। भने उपभोग्य खाद्यवस्तु बेच्ने पसल, तरकारी, फलफूल, माछा, मासु,बेच्ने पसल ७,१०,१३ गते ३ दिन मात्र खेल्न दिइने छ।त्यस्तै अत्यावश्यकीय तथा मानवीय कार्य बाहेक अन्यको लागि बैंक तथा बित्तिय सस्था बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

    यस अघि थप गरिएको निषेधाज्ञाको समय भोलि जेठ ४ गते शनिबार राति १२ बजे सकिदै छ। हाल गुल्मीमा कोरोना सकृय संक्रमितको संख्या १०३८ पुगेको छ।भने दोस्रो कोरोना लहर का कारण गुल्मीमा ५२ जना ले ज्यान गुमाएका छन्।

    No description available.

    No description available.

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images