बाँकेमा निषेधाज्ञा एक साता थप
  • SNN Nepal

  • बाँके । कोरोना प्रभावित बाँके जिल्लामा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ ।

    डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जेठ १० गतेसम्म कायम हुने गरी निषेधाज्ञा थप गरेका छन् ।

    बैशाख १३ गतेबाट जारी निषेधाज्ञामा संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञा निरन्तरता गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जारी सूचनामा जनाइएको छ ।

    कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले निको हुने दर बढेपनि संक्रमण हुनेको संख्यामा कमी आएको छैन ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images