तीन बर्ष नपुग्दै किन नेकपा फुट्नुका मुख्य कारण !
  • SNN Nepal

  • काठमाडौं । तीन बर्ष नपुग्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भंग भयो । दुनियाँलाई चकित पार्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीलाई एक बनाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउनु भयो । तर त्यो एकता लामो समय टिक्न सकेन ।

    तीन महिनाभित्र सवै तहको सांगठानिक एकता टुंगो लगाउने गरी एकताको घोषणा गरेपनि एकता टुंगो नै नलागी पार्टी बिभाजन भयो । के हुन त नेकपा बिभाजनका कारण भनेर अनुसन्धान गर्ने कसैले पनि संद्धान्तिक वा बैचारिक मतभिन्नता भएर नेकपाको एकता टुटेको तथ्य पाउन सकेनन । नेकपाको एकता मुलत सचिवालयमा रहेका ९ जना नेताहरुबीचको उच्च पदीय आकांक्षा, त्यसमा पनि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको उच्च महत्वाकांक्षा र अध्यक्ष ओलीलाई कू गर्ने देसी बिदेसी षडयन्त्र प्रमुख कारक बन्यो ।

    प्रधानमन्त्री तथा प्रथम अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउने एक बर्ष लामो खेलपछि गत पुस ५ गते नेकपा औपचारिक रुपमा बिभाजित भयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका आफूपछिका दोस्रो अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको आक्रमणको प्रतिकारमा प्रतिनिधिसभा बिघटनको क्षेप्यास्त्र हान्नुभयो । प्रतिनिधिसभा बिघटनपछि फागुन ११ र फागुन २३ सम्मा आइपुग्दा मुलुककै राजनीति निकै तरंगित बन्यो । प्रचण्ड–माधवले प्रथम अध्यक्ष ओलीलाई साधारण सदस्यबाट समेत निश्काशन गर्नुभयो । फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा ब्युँताएपछि प्रचण्ड–माधव ओली सकिए भन्दै लड्डु खाना र खुवाउन लाग्नुभयो । त्यो खुसी धेरै दिन टिक्न पाएन, फागुन २३ गते सर्वोच्च अदालतले नै नेकपालाई खारेज गरी एमाले र माओवादीको अवस्थामा पुर्याइदियो ।

    नेकपाका प्रथम अध्यक्ष रहनुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकतालाई निश्कर्षमा पुर्याउन नसक्नुमा प्रचण्ड–माधवलगायत कतिपय नेताहरुको चरम पदीय आकांक्षा देख्नुहुन्छ । ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन,’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टी एकता निश्कर्षमा पुग्न नसक्नुको कारण दिँदै भन्नुभएको छ ।

    उहाँले एकताको अभिारालाई अव एमालेले पूरा गर्ने जनाउ पनि दिनुभएको छ । ‘आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ,’ प्रधानमन्त्री ओलीको भनाई छ । एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपाकै समयमा ‘महाधिवेशनअगावै पार्टीको नेतृत्व र निर्वाचनअगावै सरकारको नेतृत्व परिवर्तन गर्ने’ अभियान नै नेकपा बिभाजनको कारण रहेको निश्कर्ष सुनाइसक्नु भएको छ । हाल एमालेका अधिकांश नेता यो निश्कर्षसँग सहमत छन भने प्रचण्ड–माधव समुहले समेत ओलीबिरुद्धको अभियानबाट निकै ठुला क्षती बेहोर्नु परेको श्किर्ष सार्वजनिक गरिसकेको छ । सर्वोच्चको फागुन २३ को फैसलापछि माधव नेपाल आफै साधारण सदस्यबाट समेत निश्काशन गरेको ब्यक्तिसँग याचना गरिरहनु परेको छ ।

    बिश्लेषक गुरु भट्टराई ओलीले देश र जनताको पक्षमा गरेको कामबाट तर्सिएर प्रचण्ड र माधव समुह उहाँबिरुद्ध लाग्दा नै नेकपा बिभाजन भएको बताउनु हुन्छ । बिश्लेषक भट्टराईका अनुसार प्रधानमन्त्री ओली पछिल्लो दशक राजनीतिक आरोहको शिखरमा पुग्नुभएका कारण तीनवटा थिए । पहिलो कारण हो, जंगली बिद्रोहबाट दलीय ब्यवस्थामा प्रवेश गरेको उत्ताउलो र उछृंखल माओवादीले मुलुकलाई संघीयताको नाममा जातीय र क्षेत्रीय बिद्रोहमा फसाउन खेलेका खेलको कडा प्रतिबाद । माओवादी, जनजाती तथा मधेशवादी समेतलाई शिखण्न्डी बनाएर भारत तथा पश्चिमा शक्तिहरु समेतले नेपाललाई जातीय, धार्मिक तथा क्षेत्रीय बिद्रोहमा फसाउन गरेका षड्यन्त्र र दवाब प्रतिबाद गर्दै चट्टानी अडानका साथ संबिधानमार्फत असफल बनाइदिने कोही पात्र थियो भने त्यो प्रधानमन्त्री केपी ओली मात्रै हो ।

    दोस्रो, नेपालको आन्तरिक तथा राजनीतिक मामिलालगायत सार्बभौम सत्ता समेतमा बारबार प्रहार गर्दै आएका भारत तथा पश्चिमा शक्तिहरुको बलमिच्याइ र हेपाहा प्रबृत्तिलाई कडा रुपमा प्रहार गर्ने र नेपाललाई विश्वसामु सुनिने र चिनिने स्थितिमा पुर्याउने पनि प्रधानमन्त्री केपी ओली नै हुन । चाहे मुलुक भुकम्पले थलिएका बेलामा भारतले गरेको अपराधपूर्ण नाकाबन्दीको प्रतिबाद होस, चाहे भारत र युरोपियनले नेपालको संबिधानका बिषयमा गरेका अवान्छित र अनुचित टिप्पणीलाई सरकारमा रहेर कडा चेतावनीयुक्त जवाफ दिने कुरा होस, चाहे काठमाडौंमा बसेर नेपालका नेता तथा प्रधानमन्त्रीलाई निर्देशन फर्मान गर्ने भारतीय राजदूत तथा पश्चिमाहरुको ताण्डव बन्द गरिदिने कुरा होस, अथवा बिगत ६० बर्षदेखि भारतले नेपालको कालापानीलगायतको भूमि फिर्ता गराउन चुच्चे नक्सा जारी गराउने र भूमि फिर्ता ल्याउन भारतलाई दबाब दिने कुरा होस, अथवा सन १९५० लगायतका असमान सन्धि सम्झैता पुनरावलोकन गर्न भारतलाई सहमत गराउने कुरा होस, यी सबै काम प्रधानमन्त्री केपी ओलिकै देन हुन ।

    तेस्रो कारण, बिभिन्न राजनीतिक दलको असन्तुष्टी, अलगबाद, मुलुकको अखण्डतामै प्रश्न उठाउने सिके राउतदेखि हतियार उठाएको नेत्रबिक्रम चन्द, बिप्लब समुहको ब्यबस्थापन गरी द्वन्द्वको बाटो हिंडेकालाई मुल धारमा ल्याउनसमेत प्रधानमन्त्री ओलीकै भूमिका रह्यो ।

    संबिधानका सबालमा असन्तुष्टी जाहेर गर्दै त्यात्रो मधेश आन्दोलन गरिरहेको मधेशबादी दलले अचेल फेस सेभिङको निम्ति मात्र मधेशको मुद्दा भन्ने गरेका छन र ती पनि ठेगान लगाइएको छ । मधेशका युवा जमातमा मधेशबादी दल भन्दा प्रधानमन्त्री ओलीप्रती क्रेज बढेको छ । भट्टराईका अनुसार माधव–प्रचण्डहरुलाई ओलीले गर्नुभएको यी सब सवै काम देख्दा खपिसक्नु भएन । प्रचण्ड–माधवहरु ओलीको छाँयामा आफू अध्यारो देखिने र हराइने पीरले बहुलाए, जस्को कारण नेकपाको एकता निश्कर्षमा पुग्न सकेन ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images