प्रदेश २ मा अक्सिजन चरम अभाव, सरकारी अस्पतालका बिरामी जोखिममा
  • SNN Nepal

  • जनकपुरधाम । प्रदेश २ का अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमण समुदाय स्तरम फैलिन थालेपछि अस्पताल भर्ना हुनेको संख्या बढ्दा अक्सिजनको अभाव देखिएको हो ।

    अस्पतालको मागअनुसार उद्योगले अक्सिजन उत्पादन गर्न नसकेको व्यवसायीहरूको भनाइ छ । उता चिकित्सकहरू अक्सिजनको कालोबजारी भइरहेको आरोप लगाउँछन् ।

    प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा। प्रमोद यादवले अक्सिजन अभाव रहेको पुष्टि गरेका छन् । ‘तीन दिनदेखि प्रदेश २ का अस्पतालहरूमा अक्सिजन अभाव देखिएको छ,’ उनले भने, ‘उद्योगबाटै अक्सिजन कम आइरहेको छ । आएको पनि उचित व्यवस्थापन गर्न नसक्दासमेत अभाव देखिएको छ ।’

    अक्सिजन व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको छ ।

    प्रादेशिक अस्पताल, जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमोदकुमार यादवले अक्सिजन अभावले अस्पतालका बिरामी जोखिममा रहेको बताएका छन् । एक सातादेखि अस्पतालमा माग अनुसारको अक्सिजन नआएको भन्दै उनले सरकारी अस्पतालको लागि आएको अक्सिजन निजीमा जाने गरेको आरोप लगाए ।

    उनका अनुसार प्रादेशिक अस्पतालमा दैनिक ४५ वटा अक्सिजन सिलिन्डर दिने भनिएको भए पनि दैनिक उपलव्ध छैन । दिनमा कम्तीमा एक सय सिलिन्डर आवश्यक रहेको डा. यादवले बताए ।

    हाल प्रादेशिक अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जनाको अवस्था अति गम्भीर रहेको र अक्सिजनकै भरमा बाँचिरहेको उनको भनाइ छ । एक जनाको लागि दैनिक कम्तीमा दुई वटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनले बताए । डा। यादवका अनुसार कारोना संक्रमित बाहेक अन्य केही बिरामी पनि असिक्सजन दिनुपर्ने अवस्थाका छन् ।

    अस्पतालमा ६ वटा भेन्टिलेटर सञ्चालनमा छन् । दुई वटा भेन्टिलेटरमा बिरामीको उपचार भइरहेको छ । निजी अस्पतालमा बिरामीको अवस्था गम्भीर भएपछि मात्रै सरकारीमा रेफर गर्ने प्रवृत्ति रहेकोले पनि समस्या हुने गरेको उनको भनाइ छ ।

    ‘निजी अस्पतालहरूले बिरामीलाई अचानक सरकारी अस्पतालमा रेफर गर्दिन्छ,’ डा. यादवले भने, ‘त्यो प्रवृत्ति गलत हो । बिरामी समयमा पठाउनुपर्छ कि त पहिले नै अस्पताललाई जानकारी गराउनुपर्छ ।’

    अक्सिजन आपूर्ति एवं व्यवस्थापन समितिका सदस्य तथा धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले अक्सिजन अभाव देखिए पनि सबै ठाउँमा आपूर्ति भइरहेको दाबी गरे । अक्सिजन ढुवानी गर्ने साधन सम्बन्धित अस्पतालले नपठाउँदा ढिलो भएको हुन सक्ने उनले बताए ।

    ‘निजी र सरकारी भनेर काखापखा भएको छैन्,’ उनले भने, ‘व्यवस्थापन राम्रो भइरहेको छ । अक्सिजन अभाव हुन नदिन सरोकार वालासँग छलफल भइरहेको छ ।’

    एकद्वार प्रणालीबाट वितरण :मुख्यमन्त्री लालबाबु राउतले धनुषाका अक्सिजन उद्योग र कोभिड अस्पतालहरूको स्थलगत निरीक्षण गरेका छन् । आइतबार आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डीआइजी धीरजप्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

    ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग ९अक्सिजन प्लान्ट० निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजन वितरण एकद्वारा प्रणालीमार्फत मात्र गर्न निर्देशन दिए । अक्सिजनको वितरणमा आइतबारै एकद्वार प्रणाली लागु गरिएको जनाइएको छ ।

    मुख्यमन्त्री राउतको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्ट समेत अवलोकन गर्यो । मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट सञ्चालन गरी संक्रमितहरूको ज्यानको रक्षामा सघाउन उद्योगका सञ्चालकलाई आग्रह गरे ।

    बेलास्थित निर्माणधीन उद्योगले २४ घण्टामा ६ सय वटा सिलिन्डर रिफिल गर्न सक्ने जनाइएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images