कोरोनाले अर्जुनधारा नगरपालिकाका अधिकृत खाम्याहाङको निधन
  • SNN Nepal

  • झापा । कोरोना संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको निधन भएको छ ।

    उपचारका क्रममा उनको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा सोमबार निधन भएको हो । कोरोना संक्रमण पछि गएको वैशाख १७ गते उनी अस्पताल भर्ना भएका थिए ।

    भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images