महामारिमा विजयनगरले सक्रियता बढायो: कारोबारीले अभिलेख र मुल्य सूची राख्नैपर्ने
  • SNN Nepal

  • विजयनगर । कोरोना सङ्क्रमण बढ्दै जाँदा यस विषम परिस्थितिमा विजयनगर गाउँपालिकाकाले सक्रियता बढाएको छ । गाउँपालिकाले स्वास्थ्य मापदण्डको पालना गर्ने, कारोबारको अभिलेख राख्ने र अनिवार्यरुपमा मुल्य सूची टाँस गर्ने निर्णय गरेको छ । व्यापारी र स्वास्थ्य क्लिनिक सञ्चालकहरुले खाद्यान्न, औषधी लगायतको समानमा चर्को रकम लिने गरेको जनगुनासाहरु आइरहेको अवस्थामा गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

    अहिले कोरोना महामारीको मौकाछोपी कृतिम अभाव देखाएर बढी मुल्यमा कारोबार भईरहेको ग्राहकहरुले गुनासा आउँदै गर्दा कालोबजारी नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले सोमवार गाउँपालिकाको सभाहल खडैचामा गाउँपालिकाभित्रका सबै स्वास्थ्य क्लिनिक व्यापारी, व्यवसायी र उद्योगीहरुसँग सहज, सरल र सुपथ मुल्यमा समान उपलब्ध गराउने सम्बन्धमा छलफल गरिएको हो । सबै स्वास्थ्य क्लिनिक र व्यापार व्यवसायको अनुगमनसमेत गर्ने जनाइएको छ ।

    यो महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागु गरेको स्वास्थ्य मापदण्डहरु पालना गरेर मात्र आफ्ना व्यापार, व्यवसाय सञ्चालन गर्ने र ग्राहकहरुलाई समेत पालना गर्न लगाएर सचेत गराउने निर्णय गरेको छ । व्यापारी, व्यवसायी र उद्योगीहरुले अनिवार्य रुपमा म्याद गुज्रिएका औषधी र समानहरु स्टोर गर्ने लगायतको निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रम तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यस महामारीको विषम परिस्थितिमा सबैले जनतालाई सहयोग गर्ने बेला आएको बताउनुभएको छ । “आज हामी बाँचे भोलि जति पनि व्यापार, व्यवसायबाट पैसा कमाउन सक्छौँ, राजनीति गर्न सक्छौँ, आज यस कोरोनाको कहरमा मानवलाई सक्दो सहयोग गरौँ” उहाँले भन्नुभयो ।

    अध्यक्ष थापाले गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि अथक प्रयास गरिरहेको बताउनुभयो । वडा नं। ७ गणेशपुरमा रहेको आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको अध्यक्ष थापाले बताउनुभयो । गणेशपुरमा हप्तामा दुई पटक मंगलवार र शुक्रवार एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाइएको समेत स्वास्थ्य शाखाले जनाएको छ ।

     

    यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले दर्ता नगरेका व्यापारीले अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता गरेका व्यापारीले नवीकरण गर्नुपर्ने बताउनुभएको छ । अनुगमनको क्रममा त्यस्तो भेटियो भने कारबाहीमा पर्न सक्ने बताउनुभयो । पसलहरु सञ्चालनका लागि विभिन्न नियम, प्रक्रियाहरु पुरा गरेर मात्र सञ्चालनमा ल्याउनुपर्नेमा भट्टराईले जोड दिनुभयो ।

    यस्तै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय निर्धारण गरेको समय सिमा भित्र मात्र आफ्नो कारोबार, व्यापार सञ्चालन गर्ने र समान ओसारपोसार गर्न उहाँले अनुरोध गर्नुभयो ।

    सशस्त्र व्यास क्याम्प डालपुरका कृष्ण बहादुर केसीले अत्यावश्यक परेको बेला मात्र बाहिर जाने र अनिवार्य रुपमा स्वास्थ्य मापदण्को पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाबाटा सबैले एक अर्कालाई बच्न र बचाउनका लागि भीडभाड नगरी समाजिक दूरी कायम आवश्यक रहेको उहाँले बताउनुभयो ।

    यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले कोरोना भाइरसको लक्षणको शंका लागेमा तुरुन्त स्थानीय स्वास्थ्य चौकीमा चेक गराउनु अनुरोध गर्नुभएको छ । अहिले विजयनगर आइसोलेशन सेन्टरमा ४१ जना कोरोना संक्रमति रहेकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार भईरहेको अधिकारीले बताउनुभयो ।

     

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images