निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्दै कञ्चनपुर प्रहरी
  • SNN Nepal

  • कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही थालेको छ । भिमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउमा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही थालेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा पालना नगर्ने नागरिहकरुलाई बाटोमै होल्ड गराएर घर पठाउन थालेको छ ।

    कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

    भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले पनि सुदुरपश्चिमका अरु जिल्ला भन्दा कञ्चनपुरमा कडाइ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images