करणी आरोपमा पक्राउ परेका पालिका प्रमुख यादवलाई पुर्पक्षका लागि थुनामा
  • SNN Nepal

  • सांकेतिक तस्बिर

    इनरुवा । एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

    जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

    अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images