बागमतीमा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु
  • SNN Nepal

  • बागमती । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् । मृतकमा सबैभन्दा बढी काठमाडौंका ३१ जना रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सोमबार जनाएको छ ।

    यस्तै ललितपुर र भक्तपुरमा ११–११ जनाको मृत्यु भएको छ भने मकवानपुरमा २, काभ्रेमा ६, दोलखामा ३, धादिङमा ४ र चितवनमा १० संक्रमितको मृत्यु भएको छ ।

    यसैगरी रामेछाप नुवाकोट र सिन्धुपाल्चोकमा १–१ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० हजार ८१७ जनाको परीक्षण भएकामा ३ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार १७२ जना संक्रमणमुक्त भएका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images