दुई देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषदको निर्णय
  • SNN Nepal

  • काठमाडौँ । सरकारले दुई देशमा उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो ।

    परराष्टमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको बताउनुभयो ।

    यसैबीच, सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट अगामै विश्वासको मत ल्याउने दाबी गरेको बैठक पश्चात एक मन्त्रीले जानकारी दिनुभयो । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओलीले संवैधानिक प्रावधान अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा पनि छलफल भएको थियो । बैठकमा स्वास्थ्य संकटकाल लगाउने भन्नेबारेमा छलफल भएको थियो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images