प्रदेश २ मा कोरोना संक्रमितलाइ अस्पतालले भर्ना लिन छाडे
  • SNN Nepal

  • जनकपुर । प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन ग्यास सिलिन्डरको अभावको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै बिरामी भर्ना लिन छाडेका हुन् ।

    प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए ।

    ‘कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘हामीसँग रहेका सबै अक्सिजन सकिन लागेका कारण थप बिरामी आएमा समस्या हुने भएकाले उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images