टुकोनद्वारा श्रमिकलाई राहत वितरण
  • SNN Nepal

  • काठमाडौँ । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकलाई राहत वितरण गरेको छ ।

    टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो ।

    टुकोनले श्रमिकलाई वितरण गरेका रहत सामग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले जानकारी दिए ।

    विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिँदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर्न केही सहयोग पुगोस् भनेर श्रमिकलाई थोरै भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले कोरोना संक्रमण बढेको यो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रित श्रमिकको पीडालाई ध्यान दिन सरकारलगायत सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराएका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images