उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट
  • SNN Nepal

  • विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएका छन् । सोमबार राति आठ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि चार जनाको समूहले कुटपिट गरेको छ ।

    कुटपिटमा संलग्न बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सोमबार राति नै उनीहरू दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    सोमबार राति पेट दुखेर बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका निश्चल र अनिलले चिकित्सकलाई गालीगलौच गर्दै कुटपिट गरेको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । गोमादेवीको उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेको देवको भनाइ छ ।

    रेग्मी र बस्नेत कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारमा संलग्न थिए । बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्राी ५० वर्षीय बालकुमार बस्नेत र मोटरसाइकल यात्री इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी घाइते भएपछि उनीहरूलाई विराटै लगिएको थियो ।

     

     अस्पतालको सीसी टीभी फुटेजबाट लिइएको तस्वीर

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images