गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु
  • SNN Nepal

  • झापा । झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    सोमबार राति करीब १२:३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

    घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ स् १५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images