२४ घण्टामा ८ हजार २०३ जनामा कोरोना संक्रमण
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

    यसअघि हिजो नेपालमा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images