राष्ट्रियसभाको उपनिर्वाचनमा हात धोएर मात्र मतदान गर्न पाइने
  • SNN Nepal

  • काठमाडौ राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यही बैशाख ६ गते हेटौंडाको भुटनदेवी माविमा मतदान हुँदैछ । निर्वाचनका लागि मतपत्र तथा मतपेटिकाको व्यवस्थाका साथै मतदान केन्द्रमा गर्नुपर्ने तयारी सकिएको निर्वाचन आयोगका सहप्रवक्ता कोमल धमलाले एस एन एन नेपाललाई जानकारी दिए ।

    मतदानका लागि भुटनदेवी माविको प्राङ्गणमा ३ वटा मतदान केन्द्र तयार पारिएको छ । साथै जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरी उनको नेतृत्वमा निर्वाचनको काम अघि बढाएको हो । प्रदेशसभा सदस्यका लागि एउटा केन्द्र, स्थानीय तहका जनप्रतिनिधिका लागि एउटा केन्द्र र कोरोना संक्रमित भएका मतदाता जनप्रतिनिधिका लागि छुट्टै मतदान केन्द्र तयार गरिएको छ ।

    यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड: मतदान अघि हात धुनुपर्ने

    यो उपनिर्वाचनका लागि कूल ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्य १ सय १० रहेका छन् स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना रहेका छन् ।

    मतदानका लागि उनीहरुको ४८ घण्टाभित्रको पीसिआर रिर्पोट अनिवार्य गरिएको छ । मतदान केन्द्रमा प्रवेश अगाडि नै गेटमा अनिवार्य रुपमा सावुन पानीले हात धुने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    यस्तै मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ भने मतदाताले २ मिटर दुरी अनिवार्य कायम गर्नु व्यवस्था गरिएको सहप्रवक्ता धमलाले जानकारी दिए ।

    यस्तै संक्रमित मतदाताले भोट खसाल्ने केन्द्रमा सुरक्षाकर्मी तथा कर्मचारीले मास्क, पञ्जा, फेस शिल्ड तथा पीपीई लगाउने छन् । यस्तै मतगणनासम्म पनि उनीहरुले ती कुराहरु लगाउनुपर्ने ब्यवस्था गरिएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images