सम्पर्क मञ्चद्धारा रामेछापको सबै पालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण
  • SNN Nepal

  • रामेछाप । जिल्लाका विभिन्न स्थानीय तहमा प्राप्त स्वास्थ्य सामग्री नहुँदा कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य सुरक्षामा समस्या देखिएको छ । यही समस्यालाई मध्यनजर गर्दै नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछापको सबै पालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    जिल्लाको रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, लिखु–तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

    मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठ, रामेछाप–नगर सम्पर्क मञ्चका अध्यक्ष दिलिप श्रेष्ठ, मन्थली–नगर सम्पर्क मञ्चका अध्यक्ष बालकाजि श्रेष्ठलगायतले सबै पालिकालाई व्यक्तिगत खर्चमा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको रामेछाप–नगर सम्पर्क मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो । मञ्चका अध्यक्ष टेकबहादुर श्रेष्ठका अनुसार आठ वटै पालिकालाई ५ थान पीपीईसहित १५ लिटर सेनिटाईजर र २ हजार थान सर्जिकल मास्क प्रदान गरिएको हो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images