दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य, विज्ञ भन्छन: पारिवारिक आयोग
  • SNN Nepal

  • काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् ।

    आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले । बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आयोग र अख्तियार लगायत विभिन्न संवैधानिक अंगहरूमा २१ जनाको नाम सिफरिस गरेको थियो । ती नामहरू संसदीय सुनुवाइका लागि अहिले संसद सचिवालयमा दर्ता भइसकेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images