कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
  • SNN Nepal

  • सिरहा । सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

    उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा।चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।

     

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images