नेपालमा कोरोनाका तीन किसिमका ‘भेरियन्ट’ पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको छ ।

    मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो ।

    देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो ।

    यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।

    हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तो छ मन्त्रालयद्वारा जारी अपिल :

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images