कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न सभापति देउवाको आग्रह
  • SNN Nepal

  • काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँदै त्यसको लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

    सभापति देउवाले कोरोनाको तेस्रो लहरले बालबालिकामा बढि असर देखिने विज्ञहरुले बताइरहेको संकेत गर्दै केन्द्रदेखि प्रदेशसम्म त्यसबाट बालबालिकालाई जोगाउनका लागि तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

    मंगलबार साँझ उनले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका हुन् ।

    ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्डरआइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images