अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी थप सक्रिय
  • SNN Nepal

  • काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ ।

    प्रहरीले पछिल्लो दुई हप्तामा मात्रै नौ हजार बढी सिलिण्डर खोजी गरी स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा अत्यावश्यक क्षेत्रमा वितरण गरेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले वैशाख २६ गतेदेखि आजसम्म नौ हजार १४० सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको जानकारी दिए ।

    नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्रै २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । आज सङ्कलित र यसअघिको स्टक रहेका १४१ गरी जम्मा ३७२ मध्ये मङ्गलबार ३४१ सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । बाँकी ३१ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images