एकता कार्यदलको निर्णयबिरुद्ध उभियो माधव नेपालकै सचिवालय, प्रचण्डको फोनपछि आयो आपत्तिजनक बक्तब्य
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेको बिवाद समाधान सम्बन्धी कार्यदलले एकताबिरोधी कुनै पनि काम नगर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेको केही क्षण नबित्दै बरिष्ठ नेता माधवकुमार नेपालकै सचिवालय त्यस्को बिरुद्धमा उभिएको छ । कार्यदलले आह्वान गरेको दुई घण्टा नबित्दै बरिष्ठ नेता नेपालको सचिवालयले राष्ट्रियसभाको उपनिर्वाचनमा माओवादी र कांग्रेसको उम्मेदवारलाई मतदान गर्न एमालेका मतदातालाई छुट दिइएको भन्दै आपत्तिजनक बक्तब्य जारी गरी एकताबिरुद्ध उभिएको हो ।

    बरिष्ठ नेता नेपालले गृहमन्त्रीसमेत रहनुभएका एमाले उम्मेद्वार रामबहादुर थापा, बादलसँगको भेटमा जिताउने काम आफूले गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । तर सचिवालयले भने त्यसलाई उल्टो बनाएर बिज्ञप्ती जारी गरेको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले फोन गरेर ‘के हो यो पारा ? भनेपछि नेपालका स्वकीय सचिव मोहन गौतमले बिज्ञप्ती जारी गरेर भन्नुभएको छ, ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’

    कोटेश्वर निकट स्रोतका अनुसार नेता नेपालका स्वकीय सचिव गौतम केही दिनयता लगातार माओवादी नेताहरुको सम्पर्कमा रहनुभएको छ । नेता नेपाल पनि प्रचण्डसँगको निकटता त्याग्न सकिरहनु भएको छैन । राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेद्वार थापालाई मतदान नगर्दा एमालेभित्रको एकता प्रयाश अन्त्य हुने निश्चित देखिएपछि प्रचण्डले नै फोन गरेर यस्तो बिज्ञप्ती निकाल्न लगाउनु भएको स्रोतले बतायो ।

    माधवका स्वकीय सचिव गौतमले उल्लेख गर्नुभएका उम्मेद्वार खीमलाल देवकोटा माओवादी प्रवेश गरिसक्नु भएको तथ्यहरुले प्रमाणित गरिसकेको छ । देवकोटालाई जिताउन माओवादीले ह्वीप लगाएसँगै उहाँ एमाले त्यागेर माओवादी प्रवेश गरिसकेको प्रमाणित गरेको एमाले नेताहरुको प्रष्ट बुझाइ छ । तर एमालेमा एकताबिरोधीहरुले माओवादी इसारामा एमाले नै रहेको भन्दै झुटो कुरा गरिरहेका छन ।

    यस्तो छ बिज्ञप्ती

    आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
    मोहन गौतम
    पूर्वप्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय
    २०७८ जेष्ठ ४ गते

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images