डब्लूएचओको निष्कर्ष : खोप लगाएकामा संक्रमण न्यून
  • SNN Nepal

  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको जनाएको छ ।

    डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत बताउनुभएको छ । उहाँले कोरोनाविरुद्ध प्रत्येक व्यक्तिलाई खोप र उपचारको व्यवस्था नभएसम्म नियन्त्रणको सम्भावना निकै टाढा रहेको बताउनुभयो ।

    उहाँले यसअघि कोरोना नियन्त्रणमा लिन सफल भएका देशहरुमा पनि हाल संक्रमण पुष्टि, अस्पतालमा बिरामी भर्ना र मृत्युको संख्या नाटकीय रुपमा वृद्धि भएको जनाउनुभयो । भाइरसको नयाँ भेरियन्ट, नाजुक स्वास्थ्य प्रणाली, सार्वजनिक स्वास्थ्यका उपाय अवलम्बनमा ढिलाइ, अक्सिजनको अभाव र खोपको अभावमा संक्रमणको जोखिम वृद्धि भएको उहाँको भनाइ छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images