७६ जना बालबालिकालाई लागि खाद्यान्न सहयोग
  • SNN Nepal

  • काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले निषेधाज्ञाका कारण खाद्यान्न अभावमा परेका ७६ जना बालबालिकालाई लागि खाद्यान्न सहयोग गरेको छ ।

    सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको निषेधाज्ञाको १९ दिनको अवधिमा आमाबुवाको रोजगारी गुमेका, विपन्न परिवारका बालबालिकालाई बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा प्राप्त सूचनाको आधारमा निषेधाज्ञा सुरु भएदेखि खाद्यान्न सहयोग गर्दै आएको हो ।

    परिषद्ले मङ्गलवार गोदावरीस्थित संस्थामा आश्रित ३१ जना बालबालिका तथा दुव्र्यवहार, हिंसा, मानव बेचविखनबाट प्रभावित ११ महिलाका लागि खाद्यान्न सहयोग गरेको हो । सोमवार बानेश्वर, जडिबुटी, टिकाथली र गौशालाका ७ ९सात० परिवारका १६ जना बालबालिकालाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको । यस अघि परिषदले पाँच परिवारका १२ जना बालबालिका, सामाखुसीस्थित एक बालगृहमा रहेका १७ जना बालबालिकालाई खाद्यान्न सहयोग सो समन्वय केन्द्रमार्फत प्रदान गरिएको छ ।

    त्यसैगरी निषेधाज्ञाबीच बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ मार्फत काठमाडौँ उपत्यकाबाट तीनजना सडक बालबालिकाको उद्धार गरी आवश्यक स्वास्थ्य परिक्षण सहित अस्थायी संरक्षण सेवा केन्द्रमा संरक्षण व्यवस्थापन गरिएको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कोरोना सङ्कटमा बालबालिकाको सहयोगका लागि अपतकालिन राहत तथा खाद्यान्न सामग्रीहरु उपलब्ध गराउन बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन नेपाल १०९८ लाई बालबालिकालाई लक्ष्यित सूचना केन्द्रको रुपमा सञ्चालनमा ल्याएको जानकारी दिनुभयोे ।

    उहाँले उक्त निःशुल्क नम्बरहरु यस अघि नै बालहितका लागि सञ्चालनमा रहेकोमा निषेधाज्ञामा बालबालिकालाई पर्न सक्ने समस्या समाधानका लागि सूचना केन्द्रको रुपमा सञ्चालन गरी त्यसमा आएका सुचनाको आधारमा सहयोग पनि प्रदान गर्दै आएको बताउनुभयो । साथै यस महामारीमा बालबालिकालाई पर्ने समस्याको समाधानका लागि परिषद्ले समन्वयत्मक भूमिका निर्वाह गर्ने आवश्यक सहयोग प्रदान गरिने उहाँको भनाई छ ।

    साथै कोरोना सङ्क्रमण अवस्थामा बालगृहहरुमा नयाँ बालबालिका भर्ना तथा स्थानान्तरण नगर्न परिषद्ले अपिल गरेको छ । साथै परिषद्ले कोरोना भाइरसको सङ्क्रमणबाट आमा, बुवाको मृत्यु भएर संरक्षण गर्ने परिवार नभएका बालबालिकाको जिम्मेवारी समेत सरकारले लिने जनाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images