दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते
  • SNN Nepal

  • नवलपरासी । पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्र दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानीखोला नजिकै बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

    बसका चार जना यात्रुको भने घटनास्थलमा नै मृत्यु हुनुका साथै ४९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ महिला र २ जना पुरुष रहेका छन् । दुर्घटनामा परी रुकुम पश्चिम सिस्ने गाउँपालिका ७ का ३६ वर्षका धनराज घर्ती र कल्पना पुनको मृत्यु भएको डिएपी लामाले लामाले जानकारी दिए । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन ।

    घाइते मध्ये ४२ जना बर्दघाट नगरपालिका ४ चिसापानी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको बर्दघाटकै सञ्जीवनी क्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने महिला कल्पना पुनको भाइसहित अन्य पाँच जना यात्रु भने सकुशल रहेका छन् ।

    काठमाडौँबाट छुटेको बसका एउटा चालकले नागढुंगाबाट नारायणघाटसम्म चलाउनुपर्नेमा बुटवलसम्म लैजान लागेको घाइते चालकले प्रहरीलाई बताएका छन् ।

    निषेधाज्ञाको बेला बसले कस्तो किसिमको अनुमति लिएर आएको भन्नेबारेमा नखुलेको डिएसपी लामाले बताए । चालककाअनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images