कोरोना सङ्क्रमणबाट पत्रकारसहित सात जनाको मृत्यु
  • SNN Nepal

  • रूपन्देही । कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ ।

    मंगलबार रातिदेखि बुधबार बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।

    बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

    गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए ।

    अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

    यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images