भारतमा समुद्री आँधी, नेपालमा प्रभाव
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (समुद्री आँधी) को प्रभावले काठमाडौँको मौसममा बदली भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।

    वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवातको प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमशः पूर्वतर्फ बढ्दै गएर बाहिरिने छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images