अचानक ७३ तले भवन हल्लिएपछि भागदौड, प्रशासनले अनुसन्धान थाल्यो
  • SNN Nepal

  • चीन । दक्षिणी चीनको शेनजेन शहरस्थित एक भवनमा अचानक कम्पन महसुस भएपछि त्यसलाई तत्काल खाली गर्नुपरेको छ ।

    स्थानीय प्रशासनका अनुसार यो घटना मंगलबार बेलुका भएको हो । ९८० फिट अग्लो एसइजी प्लाजामा भएका मानिसहरुले एकाएक भवन हल्लिएको महसुस गरे । त्यतिबेला चीनमा कुनै पनि भूकम्प मापन गरिएको छैन । यसैकारण अब यो घटनाको अनुसन्धान थालिएको छ ।

    २० वर्ष पुरानो यी ७३ तले भवनमा थुप्रै कार्यालय छन् र यसमा इलेक्ट्रोनिक्सको एउटा ठूलो बजार पनि लाग्ने गर्छ ।

    यो भवन शेनजेन शहरको मध्यमा स्थित छ । करिब सवा करोडको जनसंख्या भएको यो शहरका मानिसहरुले यस भवनलाई एउटा ठूलो शपिङ सेन्टरको रुपमा परिचित छ ।

    सोसल मिडियामा यो घटनाका थुप्रै भिडियो सेयर भइरहेका छन् जसमा यो भवनबाट मानिसहरु दौडिएर बाहिर निस्किरहेको देख्न सकिन्छ ।

    सोसल मिडियामा सयौं मानिसहरुले यस विषयमा चिन्ता जताएका छन् । भूकम्प नआइकनै आखिर किन यो भवन हल्लियो भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।

    चीनको सरकारी पत्रिका द ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा शेनजेनको फुशिया जिल्लामामा अवस्थित एसइजी प्लाजामा स्थानीय प्राधिकरणले चिनियाँ समय अनुसार दिउँसो करिब साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त गरेको थियो र दिउँसो दुई बजेसम्म भवन खाली गराइएको थियो । घटना हुँदाको क्षण धेरै मानिसको उपस्थिती थियो ।’

     

    शेनजेनका स्थानीय प्राधिकरणले आफ्नो ताजा बयान जारी गर्दै भनेको छ, ‘भवन आसपास जमिनमा कुनै चिरा परेको हामीले देखेनौं । यसबाहेक भवनको बाहिरी भागमा पनि कुनै क्षती पुगेको छैन । तर भवन यसरी हल्लिनु चिन्ताजनक हो । हामी यो घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

    एसइजी प्लासा सन् २००० मा बनेर तयार भएको थियो । यो चीनमा १०४ नम्बरको सबैभन्दा अग्लो भवन हो । यस्तै संसारभरी यो २१२ औं स्थानमा छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images